धनगढी । नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल हेर्नका लागि नेताहरु पनि त्रिवि क्रिकेट मैदानमा पुगेका छन् । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्बीच फाइनल खेल चलिरहेको छ ।
खेल हेर्नका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिविमा पुगेका छन् ।
यस्तै सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्य रहेका गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खड्का, पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालगायतका नेताहरू क्रिकेट मैदानमा पुगेका हुन् ।
प्रतिक्रिया