ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा सोमबार रातिदेखि हल्का वर्षाको सम्भावना

आइतबार ०७, पुष २०८१ ११:०२

काठमाडौं । यसवर्षको दोस्रो हिउँदे वर्षा नेपालको पश्चिमी भूभागमा सोमबार रातिदेखि हुने भएको छ । यो प्रणाली मंगलबारसम्म रहने र चिसो बढाउने मौसमविदको भनाइ छ ।

सोमबार रातिदेखि हुने वर्षा पनि अघिल्लोपटकको जस्तै हल्का मात्र हुने पूर्वानुमान मौसमविदले गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार कर्णाली र सुदूरपश्चिममा बादल लाग्ने तथा एक–दुई स्थानमा हल्का पानी पर्नसक्ने प्रक्षेपण गरेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा सोमबार दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।

सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ ।

प्रतिक्रिया