ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहालबीच भेटवार्ता

आइतबार २०, पुष २०८२ १२:३०

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आइतबार ललितपुरको च्यासलमा भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी केन्द्रित भएको बताइएको छ । 

त्यसबाहेक दुई नेताबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ । 

संयोजक दाहालले फागुन २१ को निर्वाचनमा प्रमुख सबै दलले संविधानलाई सही दिशामा ल्याउनुपर्ने प्रस्ताव राखेका थिए । 

प्रतिक्रिया