ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभा त्यागेर प्रतिनिधिसभाको दौडमा दुई सांसद

आइतबार २०, पुष २०८२ ०३:५०

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका दुई जना सांसद आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । एमालेबाट निर्वाचति डोटीका सांसद चक्रबहादुर मल्ल र डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित ताराप्रसाद जोशी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दिने तयारीमा जुटेका हुन् । 

डोटी प्रदेशसभा निर्वाचनमा क्षेत्र (१) मा एमालेबाट निर्वाचित सांसद चक्रबहादुर मल्ल डोटीबाटै प्रतिनिधि सभाका लागि उम्मेदवार हुने तयारीमा छन् । ‘पार्टीले टिकट दियो भने उम्मेदवार बन्ने तयारीमा जुटेको छु,’ मल्लले भने । मल्ल निकटका कार्यकर्ताहरुले उनी डोटीबाट चुनाव लड्ने लगभग पक्का भइसकेको बताए । 

अर्का सांसद ताराप्रसाद जोशी पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनेबारे तयारी गरिरहेको बताउँछन् । डडेल्धुरा प्रदेश निर्वाचन क्षेत्र (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभामा निर्वाचित भएका सांसद जोशी उज्यालो नेपाल पार्टीमा आवद्ध थिए । हाल रास्वपामा एकता भएपछि डडेल्धुराबाटै उम्मेदवारी दिने तयारीबारे आवश्यक परामर्श तथा छलफल गरिरहेको उनले बताए । ‘के गर्ने भन्नेमा चाँडै टुंगोमा पुग्छौं,’ उनले भने ।  डोटी र डडेल्धुरा एउटा–एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । 
 

प्रतिक्रिया