ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

बिहिबार २४, पुष २०८२ १०:१८

धनगढी । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा राना आफ्नो घरदेखि १ किलो मिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड स्थित घर लिपपोतको लागि बुधवार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागी गोकुलेश्वर अस्पताल गोकुलेश्वर दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया