धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । वक्तव्य सार्वजनिक गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् ।
बडूको नाम दार्चुला जिल्ला हुँदै प्रदेश कार्यसमितिले सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न सिफारिस गरेको थियो । बडूले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
बडूले सक्षम युवा पुस्ता र इच्छुक साथीलाई पालो दिएर चुनाव जिताउन लाग्ने बताएका छन् । कांग्रेस दार्चुलाका सभापति ललित बोहराले उम्मेदवार नबन्ने सम्बन्धि बडूको पत्र जिल्लामा दर्ता भइसकेको बताए ।
०७९ सालमा बडू दार्चुलाबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मालेका गणेश ठगुन्नालाई पराजित गरेका थिए ।
प्रतिक्रिया