धनगढी । आजदेखि सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंसिक बदली भइरहेको छ । बाँकी भूभागमा मौसम सफा रहेको छ । साथै तराईलगायत पहाडी भूभागका केही स्थानहरूमा कुहिरो लागेको छ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको संभावना छ ।
त्यस्तै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थय, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया