ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा दुई जना मृत भेटिए

सोमबार ०८, पुष २०८१ ०८:०४

धनगढी । डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको भागेश्वर गाउँपालिकामा वडा नम्बर ३ का ४५ वर्षीय अर्जुन रावल मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी सुर्नया गाडको नहरमा मृत भेटिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उता नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा २८ वर्षीय रमेशबहादुर बिष्टको मृत्यु भएको हो । माछा मार्नको लागि पासो हाल्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हो । 

 

प्रतिक्रिया