धनगढी । कैलाली र कञ्चनपुरमा छ लाख बढीको सामान बरामद गरिएको छ । कैलालीका विभिन्न स्थानबाट तीन लाख १५ हजार र कञ्चनपुरका विभिन्न स्थानबाट दुई लाख ८७ हजार बढीको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिका–२, भजनी नगरपालिका–६ र ७, टीकापुर नगरपालिका–१, र कैलारी गाउँपालिका–७ बाट भन्सार छलीको सामान बरामद गरिएको हो । प्याज, बिडी, सुर्ती, सुपारी, लेडिज व्याग, टोपी, गम, ब्याट्री लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरिएको हो । चिनी, मिश्री, मटर, खाने तेल, किराना, हार्डवेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको टोलीले बरामद गरेको हो ।
प्रतिक्रिया