धनगढी । नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर बहुविवाह गराउन भूमिका खेलेको आरोप उनीमाथि छ ।
मालीले ३१ वर्षीया युवतीलाई झुक्याएर विवाह गरेका थिए । माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया