धनगढी । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९क्वीएए० अभिमुखीकरण तालिम सुरु गरेके छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा, तालिम र आधुनिक श्रम बजारको मागबीच बढ्दो खाडललाई कम गर्न सुदूरपश्चिम प्रदेशमा संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन गर्न बुधबार धनगढीमा अभिमुखीकरण तालिम सुरु गरेको छ ।
तालिममा सिटिइभिटिका आङ्गिक शिक्षालय, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स), साझेदारी र निजी सम्बन्धन प्राप्त १७ वटा शिक्षालयका ३४ जना प्रतिनिधिहरू सहभागी छन् । तालिममा सिटिइभिटीका निर्देशक प्रमोदभक्त आचार्य, भानु पण्डित, सागर मणि न्यौपाने र खेमराज पोखरेल सम्मिलित विज्ञ टोलीले प्राविधिक सत्रहरू सञ्चालन गरिरहेको छन् ।
तालिमको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मीले प्रदेशले शिक्षामा पहुँचका हिसाबले ठूलो उपलब्धि हासिल गरे पनि गुणस्तर अझै मुख्य मुद्दाका रूपमा रहेको औंल्याए ।
सिटिइभिटीका निर्देशक आचार्यले गुणस्तर बिनाको संख्यात्मक विस्तार दिगो हुन नसक्नेमा जोड दिए । उनले क्वीएए प्रक्रिया स्वैच्छिक भए पनि संस्थागत विकासका लागि यो एक निश्चित मार्ग भएको र सरकारले यस सम्बन्धी नियमावली तथा निर्देशिका स्वीकृत गरिसकेकाले सबै सरोकारवालाहरूले गुणस्तरका लक्ष्यहरू प्राप्त गर्न एकीकृत प्रयास गर्नुपर्ने बताए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले निजी क्षेत्रको विश्वास शैक्षिक संस्थाको गुणस्तरसङ्ग जोडिने भन्दै गुणस्तरीय संस्थाले मात्रै बजारले खोजेको दक्ष जनशक्ति उत्पादन गर्न सक्ने बताए ।
प्रतिक्रिया