ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको समन्वय प्रमुखमा काँग्रेस र नागरिक उन्मुक्तिबाट उम्मेदवारी

आइतबार ०२, मङि्सर २०८१ ०४:३५

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार काँग्रेसबाट टीका कुमारी चौधरी भूल र नागरिक उन्मुक्ति पार्टीबाट रुकमती डगौरा थारुले मनोनयन दर्ता गराएका हुन् । काँग्रेसकी चौधरी कैलारी गाउँपालिका– २ मा वडा सदस्य छिन् भने नागरिक उन्मुक्तिकी डगौरा टीकापुर नगरपालिकाकी कार्यपालिका सदस्य हुन् । 

नेकपा एमालेले भने मनोनयन दर्ता गराएको छैन । नेकपा एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले मनोनयन दर्ता नगरेको बताउँदै सत्ता साझेदार दल नेपाली काँग्रेसलाई सहयोग गर्ने जानकारी दिए । 

१३ स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समितिमा कुल २६ मत छ । टीकापुर नगरपालिका उपप्रमुख खडकबहादुर शाह जग्गा घोटाला काण्डमा निलम्बित भएपछि २५ जनाले मतदान गर्न पाउने छन् । यहाँ काँग्रेससँग आठ, नागरिक उन्मुक्ति पार्टीसँग सात, एमालेसँग पाँच, माओवादीसँग तीन, नेकपा एकीकृत समाजवादीसँग एक र स्वतन्त्र एक गरी २५ मत छ । 

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन प्रमुख पदम कलेलको ०७९ पुस २३ गते निधन भयो । सोही दिनदेखि समन्वय प्रमुखको पद रिक्त छ । उनी काँग्रेसबाट निर्वाचित भएका थिए ।
 

प्रतिक्रिया