ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली ५ का कांग्रेस उम्मेद्वार शाहले भोट माग्नु पर्ने बेला मागे नोट

बिहिबार ०८, माघ २०८२ १०:२४

धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारयण शाह मनुले चुनाव लड्न आर्थिक सहयोग माग गरेका छन् ।

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वारी दिएका शाहले आफूसंग अनुचित तरिकाबाट संकलित रकम नभएको रकम नरहेकोले क्षमतानुसारको स्वैच्छिक सहयोग गर्न अनुरोध गरेका छन् ।

यद्यपि, उम्मेद्वार शाहसंग पुर्यौली सम्पत्ति प्रसस्त रहेको कांग्रेस नेताहरू बताउछन् । उनी धनगढी विभिन्न व्यवसाय सञ्चालन गर्ने सफल व्यवसायी पनि हुन् ।

प्रतिनिधि सभा सदस्यका लागि फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएकाे छ ।

प्रतिक्रिया