ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बालेन धनगढी आए, घण्टी बजाउँदै कञ्चनपुर गए

मङ्गलबार १३, माघ २०८२ ०२:५९

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को सुदूरपश्चिम भ्रमण भ्रमणको क्रममा धनगढी पुगेपनि निर्धारित कार्यकर्ता भेटघाट तथा छलफल गर्न सकेनन् ।
समर्थकहरुको भिडभाडका कारण उनले गाडीबाट नओर्लिएरै मंगलबार मध्यान्ह धनगढी पुलेका बालेनले अर्को गन्तव्य कञ्चनपुरतिर लागे । धनगढी आइपुगेका बालेनलाई स्वागत गर्न आएका कार्यकर्ताको भिडले गर्दा उनले धनगढी–४ उत्तरबेहडीस्थित कार्यालयमा पस्न नसक्ने अवस्थामा उनले सोझै कञ्चनपुरतिर लागेका हुन् । 

कैलाली क्षेत्र नम्बर ५ को चुनाव लक्षित धनगढीको सम्पर्क कार्यालयमा बालेनलाई भेट्न उम्मेदवार आनन्दबहादुर चन्दलगायतका नेताहरूभित्रै पर्खिरहेका थिए । तर, कार्यालय बाहिर समर्थकहरूको भीडले ‘बालेन सरकार’ को पक्षमा नाराबाजी लगाइरहेका थिए । भीड नियन्त्रणबाहिर जान थालेपछि उनी बाहिरबाटै समर्थकहरूलाई हात हल्लाउँदै र घण्टी बजाउँदै कञ्चनपुरतर्फ लागेका हुन्।

बालेन आजै कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर पुग्ने कार्यतालिका छ। कञ्चनपुृरको झलारी र महेन्द्रनगरमा आयोजित चुनावी सभाहरूलाई सम्बोधन गर्नेछन् ।

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर झापा–५ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका बालेनले चुनावी प्रचार अभियान देशभरी चलाइरहेका छन् । उनले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि चुनावी प्रचारमा जाने र उत्तैबाट कर्णाली प्रदेशतिर लाग्ने बताइएको छ ।

प्रतिक्रिया