ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राप्रपाले बनायो बहालवाला सांसद्लाई निर्वाचन परिचालन कमिटीको संयोजक

मङ्गलबार १३, माघ २०८२ ०५:०८

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहालवाला प्रदेश सांसद्लाई कैलाली क्षेत्र नं. ४ मा निर्वाचन परिचालन कमिटीको संयोजक बनाएको छ ।

राप्रपाले सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी बिष्टलाई निर्वाचन परिचालन कमिटी संयोजकको जिम्मेवारी दिएको हो । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बिष्टलाई राप्रपाले निर्वाचन परिचालन कमिटीको संयोजक बनाएको राप्रपाका युवा नेता विराज बिष्टले जनाए । 

कैलाली क्षेत्र नं. ४ मा राप्रपाबाट कमल रजबार प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका छन् । पार्टीका प्रतिनिधिलाई विजयी गराउनका लागि कमिटी बनाइएको युवा नेता बिष्टले बताए ।

प्रतिक्रिया