धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह मनुले सहिदको फोटोमा माल्यार्पण गरी घरदैलो सुरु गरेका छन् ।
सहिद दिवसको अवसरमा शुक्रबार उनले सहिदको धनगढी सहिद गेटस्थित सहिदको फोटोमा माल्यार्पण गरी घरदैलो अभियान सुरु गरेका हुन् । स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा उम्मेदवार शाहले सहिदलाई साक्षी राख्दै क्षेत्रको विकासका लागि प्रतिबद्धतासहित जनताको घरदैलोमा भोट माग्न सुरु गरे ।
उनले सहिदका सपना पूरा गर्न र कैलाली क्षेत्र नम्बर ५ का जनताका माग पूरा गर्न आफ्नो उम्मेदवारी रहेकाले आजको पवित्र दिनबाट घरदैलो सुरु गरिएको बताए । शुक्रबार उनले सहिद गेटबाट सुरु गरी बजारका विभिन्न क्षेत्रमा घरदैलो गरिएको बताए ।
अन्य उम्मेदवारहरूले भेटघाट तथा छलफल गरे पनि घरदैलो सुरु गरेका छैनन् । यस अघि कैलाली क्षेत्र नम्बर ५ का २१ वटै वडामा शाहले आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा सम्पर्क कार्यालय स्थापना गर्दै चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा संगठन विस्तार, मतदाता भेटघाट र पार्टी गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यसहित उनले वडास्तरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् । सम्पर्क कार्यालय स्थापनासँगै उम्मेदवार शाहले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई पनि निरन्तरता दिइरहेका छन् ।
प्रतिक्रिया