धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पाँच दलका पाँच जनाले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली काँग्रेसबाट पूलतीसरा शाही, नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेकपा (माओवादी केन्द्र)बाट राजुकुमारी विक, नेकपा (एकीकृत समाजवादी)बाट जवा शाही र राप्रपाबाट सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराएका हुन् ।
गत वर्षको माघ पहिलो सातास्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको थियो । जोशीको क्यान्सरका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया