काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा चौधरीले दिएको रिटमाथि सुनुवाइ भइरहेको छ ।
चौधरीको उम्मेदवारी खारेजीकी निर्णयविरुद्धको रिटमा यसअघि गत माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो ।
साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो । माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको थियो ।
आदेशानुसारको कार्य सम्पन्न गरी मिसिल प्राप्त भएपछि अन्तरिम आदेशका लागि सुनुवाइका लागि आज पेसी तोकिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।
प्रतिक्रिया