ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा नालामा डुबेर बालकको मृत्यु

मङ्गलबार २७, माघ २०८२ १०:०८

कैलाली । कैलालीमा नालामा डुबेर  बालकको मृत्यु भएको छ । भजनी नगरपालिका–७ चर्रामा नालामा जमेको पानीमा खसेर १८ महिनाका बालकको मृत्यु भएको हो ।

स्थानीय बिपतराम कठरियाका छोरा अमन कठरिया सोमबार साँझ घर आँगनमा खेलिरहेका बेला नजिकैको नालामा जमेको पानीमा खसेका थिए ।

नालामा खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया