ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
पास्टर पक्राउ

धर्म परिवर्तन गराउने गिरोह विद्यालयमै सक्रिय

मङ्गलबार ०९, पुष २०८१ ०४:४७

धनगढी । कैलालीमा क्रिसमस–डे नजिकिएसंगै धर्म परिवर्तन गराउने गिरोह सक्रिय भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकामा विद्यालयमै गएर एउटा गिरोह धर्म परिवर्तनका लागि विद्यार्थीहरुलाई प्रेरित गर्न थालेको हो । 

शैक्षिक र खेलकुद सामग्री वितरण गर्दै इसाई धर्ममा लाग्नका लागि प्रेरित गर्न थालिएको हो । लम्की चुहानगरपालिकाको शहीद स्मृति मावि, जानकी आधारभूत विद्यालय र जनजागृति मावि लगायतका आधा दर्जन बढी विद्यालयमा गएर धर्म परिवर्तनका लागि आग्रह गरिएको हो । 

यस्तै, विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तनका लागि प्रेरित गरेकोमा आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेका छन् । 

‘धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थप गर्दै भट्टराईमाथि अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘भट्टराईले विद्यालयमा पुगेर शैक्षिक र खेलकदु सामग्री वितरण गर्ने र विद्यार्थीहरुलाई इसाई धर्ममा लाग्न प्रेरित गर्दै आएको आरोप छ ।’
 

प्रतिक्रिया