ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलाको नागुवासीले गरे ‘नो भोटको’ निर्णय

शनिबार ०२, फागुन २०८२ १०:२२

दार्चुला । नौगाड गाउँपालिका–१ नागुवासीले सडक निर्माणको माग सम्बोधन नभएसम्म मतदानमा सहभागी नहुने अडान लिएका छन् । विकासमा पछि परेको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन बहिस्कार घोषणा गरेका नागुवासीले दल र तिनका उम्मेदवारले विकास निर्माणमा लिखित प्रतिबद्धता नगरेसम्म निर्वाचनमा भाग नलिने अडान यथावत राखेका हुन् ।

राजनीतिक दल र तिनका उम्मेदवारले नागु क्षेत्रको सडक लगायतका विकास निर्माणका कार्य पूरा नगरेसम्म मतदानमा सहभागी नहुने निर्णय यथावत रहेको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए । 

नागुवासीलाई फकाउन माघ २४ गने नागु पुगेको सरकारी टोली समेत रित्तो फर्किएको छ । पहिलोपटक नागुमै दुई दिनसम्म स्थानीयसँग छलफल, तथा सरकारी सेवा गाउँमै दिए पनि नागुवासी आश्वास्त हुन सकेका छैनन् । माघ १ र १७ गते नागुक्षेत्रका आमभेला गर्दै चुनाव बहिष्कारको घोषणा गरेको थिए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोलीले स्थानीयसँग छलफल गरे पनि सार्थकता पाउन सकेको छैन् । नागुक्षेत्र पुगेर स्थानीयलाई नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य उपचार सेवा र पशु उपचार सेवा तथा औषधि वितरण शिविर सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया