धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।
ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर धनगढी उपमहानगरपालिका–१९ फुलवारीका २० वर्षीय बिमल चौधरी मृत्यु भएको प्रहरीले जनाएको छ।
बिजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा करेन्ट लागेर शुक्रबार दिउँसो गम्भीर घाइते भएका उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया