धनगढी । वडा प्रहरी कार्यालय धनगढीले धनगढी–१३, मोहनपुरबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय र लागु औषध ब्युरोबाट संयुक्त टोलीले धनगढी–अत्तरिया राजमार्गको मोहनपुर चोक खैरो हेरोईन, एक थान एयर गन, ६५ हजार रुपैयाँ सहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले कञ्चनपुरको भिमदत्त–६ ऐठपुरका २५ वर्षीय सम्भु भट्ट र बैतडीको सिगास–१ की २३ वर्षीय कविता भट्टलाई ३३ ग्राम ७०० मिलिग्राम खैरोहिरोईनसहति शुक्रबार पक्राउ गरेको जनाएको छ । उनीहरुको साथमा रहेको दुई थान मोबाइल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया