धनगढी । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
आइतबार राति साढे ११ बजेतिर अजयमेरु गाउँपालिका-२ स्थित चमडा-डडेल्धुरा पक्की सडक चमडाबाट डडेल्धुरातर्फ जाँदै गरेको सु.प. ५.०१००२त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-२ बाणी बस्ने वर्ष २० वर्षीय सन्दिप चौधरी घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा कृष्णपुरकै २० वर्षीय जोन चाैधरी, २३ वर्षीय उमेश राना र मुख र २० वर्षीय पुरन चौधरी घाइते छन् । उनीहरूकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया