ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

शनिबार २६, पुष २०८२ ०८:३०

धनगढी । डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम- १२ का २७ वर्षीय नविन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको डडेल्धुरा प्रहरी प्रमुख डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

`दुर्घटनामा दुबै जना घाइते भएका थिए,´ उनले भने, `घाइते दुबै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुबै जनालाई मृत घोषणा गरेका छन् ।´ डीएसपी सिंहका अनुसार जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

परशुराम नगरपालिकानै घर भएका ३२ वर्षीय ट्याक्टर चालक सुरेश भट्ट फरार रहेका छन् । उनको खोजतलास कार्य जारी रहेको डडेल्धुरा प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया