ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

परशुराम नगपालिकाले जेष्ठ नागरिकको निःशुल्क उपचार गर्ने

मङ्गलबार ०९, पुष २०८१ ०५:४८

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले जेष्ठ नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । परशुराम–३ शिर्षमा नगरपालिकाले आयोजना गरेको ‘मेयर–केयर’ स्वास्थ्य विशेषज्ञ शिविर कार्यक्रममा मेयर भरत बडायर जोशीले सो घोषणा गएका हुन् ।

विगतमा स्वास्थ्य बीमामार्फत निःशुल्क चेकजाँच हुने गरेको भएकोमा उक्त प्रक्रियाबाट जेष्ठ नागरिकलाई समस्या हुने भएकोले अब जोगबुडा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिइने मेयर भरत जोशीले जानकारी दिए ।

शिविरबाट वडा नम्बर ३ का करिब एक सय जनाले वडामै स्वास्थ्य जाँच सेवा लिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र शिर्षका प्रमुख युवराज डाँगीले जानकारी दिए । नगरपालिकाले हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षणसमेत गरिरहेको छ ।

प्रतिक्रिया