ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा आज रास्वपाको परिवर्तन उद्घोष सभा, रवि र बालेनले सम्बोधन गर्ने

बुधबार ०६, फागुन २०८२ १०:५७

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । परिवर्तन उद्घोष सभाको नामले रास्वपाले कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछाने मंगलबार नै सुदूरपश्चिम आइसकेका छन् । परिवर्तन उद्घोष सभा कार्यक्रमअघि उनी आज कञ्चनपुर– २ र ३ क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन् । 

यस्तै, धनगढीको कार्यक्रमलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि सम्बोधन गर्ने छन् । रास्वपा सुदूरपश्चिमका नेता हरि रेग्मीका अनुसार शाह केही समयमा धनगढी पुग्दै छन् । रेग्मीले कार्यक्रममा सुदूरपश्चिमका १६ वटै क्षेत्रका उम्मेदवारको पनि सहभागीता रहने छ ।

प्रतिक्रिया