धनगढी । कैलालीको चुरे गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चुरेको खानीडाँडामा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको हो । म.प्र ०३–००१ क ३११७ नम्बरको टिपरमा बा.प्र ०२–०३५ प ३८०२ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो ।
जस्मा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ५५ वर्षीय शिवबहादुर बमको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया