धनगढी । डडेल्धुराको झण्डै आधा भूगोल र जनसंख्या छ, भित्री मधेशमा । कुनै समय दुर्गम क्षेत्रका रुपमा रहेको भित्री मधेश अहिले भने सुगम बन्दै गएको छ । २०७७ सालमा बुडर–जोगबुढा सडक कालोपत्रे भएसँगै भित्री मधेश फेरिन थालेको हो ।
पछिल्ला वर्षमा मुख्य सडक कालोपत्रेसंगै खोलामा पक्की मोटरेबल पुल, ५० शय्याको अस्पताल, सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस, सिँचाइका कुला, घ घरमा धारा, विद्युतीकरण, खेलमैदान, टेलिफोनका टावर निर्माण भएसँगै भित्री मधेश क्षेत्र जोगबुढा सुगम बनिरहेको हो ।
आलितालको जालटुडा, बाघखोली र परशुरामको आमपानी, गाईबाँधे, रङ्गुनखोलामा पक्की पुल निर्माण भएपछि यात्रा गर्न सहज भएको छ । अन्नभण्डारका रुपमा रहेको जोगबुढाका बस्तीमा सडक पुग्न थालेका छन् ।
भौतिक पूर्वाधार निर्माणसँगै विद्यालय, क्याम्पस, अस्पताल स्थापना हुँदा जोगबुढावासीले सुगम क्षेत्रको अनुभूति गरिरहेको स्थानीयको भनाई छ ।
प्रतिक्रिया