बाजुरा । बाजुराको बडिमालिकामा शित भण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । बडिमालिका नगरपालिका–८, मा ४१ लाख १९ हजार ९८४ रुपैयाँको लागतमा सित भण्डार निर्माण गरिएको हो ।
सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायलको ३१ लाख ६६ हजार ३८५ र बडिमालिका नगरपालिकाको १२ लाख १५ हजार ४७१ रुपैयाँ लागतमा निर्माा गरिएको कृषि बजार तथा सित भण्डार सञ्चालनमा ल्याइएको हो । तीन वटा च्याम्बर रहेको कोल्ड स्टोरको क्षमता २५ मेट्रिकटन रहेको नगरपालिकाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापा र प्रदेश सांसद जुना दानीले कोल्ड स्टोरको साँचो बडिमालिका नगरपालिका प्रमुख अमर खड्का र उपप्रमुख नदा थापालाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा मन्त्री थापाले सुदूरपश्चिम प्रदेशमा अब कृषि क्रान्ति आवश्यक रहेको बताए । किसानलाई व्यवसायीक कृषितर्फ प्रेरित गर्न प्रदेश सरकारले कृषिमा लगानी बढाइरहेको उनले बताए । प्रदेश सरकारले वितरण गर्ने कृषि अनुदानमा नयाँ मापदण्ड तयार गरेको जानकारी दिँदै उनले अब वास्तविक किसानले मात्रै अनुदान पाउने दावी गरे ।
प्रतिक्रिया