ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अमेरिकामा यो दशककै भीषण हिमपातको चेतावनी

आइतबार २१, पुष २०८१ ०१:२३

एजेन्सी । अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी भएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अमेरिकाको मध्यभागबाट सुरु भएको हिउँ आँधी केही दिनमा पूर्वतर्फ सर्ने जनाएको छ । 

यो हिउँ आँधीले यो दशकको सबैभन्दा बढी हिमपात र सबैभन्दा बढी चिसो हुने र दशौं लाख मानिस प्रभावित हुने राष्ट्रिय मौसम सेवाको अनुमान छ । केन्टकी र भर्जिनिया राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । मिसिसिपी र फ्लोरिडा लगायत अमेरिकाका केही भागहरूलाई कडा चिसोको चेतावनी जारी भएको छ । 

आर्कटिक वरिपरि घुम्ने चिसो हावाको कारण कठिन अवस्था आउन थालेको हो । राष्ट्रिय मौसम सेवाले सन् २०११ पछि यो वर्ष सबैभन्दा चिसो जनवरी महिना हुने बताएको छ । यसैबीच हिमआँधीको चेतावनीसँगै प्रशासनले तयारी सुरु गरेको छ ।

प्रतिक्रिया