धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । कैलालीको धनगढीमा मंगलबार बिहानदेखि गोष्ठी सुरु भएको हो । गोष्ठीको एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे ।
गोष्ठीको उद्धाटन गर्दै गृहमन्त्री लेखकले नौं वटै जिल्लाको सुरक्षा अवस्थाबारे जिल्लागत रुपमा छलफल हुने बताए । ‘जिल्लागत रुपमा छलफल भएपछि एउटा धारणा बनाइने छ,’ उनले भने ।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमको सयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो ।
प्रतिक्रिया