धनगढी । डोटीमा जीपको ठक्करबाट युवकको मृत्यु भएपछि सडक अवरुद्व भएको छ ।
जीपले मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल पछाडि सवार दीपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको शनिबार मृत्यु भएको थियो । मृतक साउँदका आफन्तले आज सडक अवरुद्व गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार उनीहरुले जीप चालकलाई कारबाही र क्षतिपर्तीको माग गर्दै सडक अवरुद्ध पारेका हुन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका–१ मा सडक अवरुद्ध गरिएको हो ।
प्रतिक्रिया