ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी पुगेर सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशनः प्रदेश सरकारसंग समन्वयमा काम गर्नु

मङ्गलबार ०४, मङि्सर २०८१ ११:१५

धनगढी । गृहमन्त्री रमेश लेखकले प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । धनगढीमा आज बिहान सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले प्रदेशमा मातहत समायोजन नहुँदासम्म प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन् ।

उनले सदनको आगामी अधिवेशनबाट सरकारले नेपाल प्रहरी र शसस्त्र प्रहरी ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिए । ऐन आएर प्रहरीलाई सबल बनाएपछि समायोजनको काम अगाडि बढ्ने गृहमन्त्री लेखकले बताए । उनले प्रहरीका पूर्वाधार निर्माणमा ध्यान दिन पनि प्रदेश सरकारलाई आग्रह गरे ।

‘संघीय प्रहरीलाई हामी सुदृढ गर्दैछौँ, समायोजन नहुँदासम्म प्रदेश र स्थानीय तहका साथीहरुसँग समन्वय गरेर काम गर्नोस,’ सुरक्षा अधिकारीहरुलाई उनले भने । लेखकले लागूऔषध र राजस्व चुवाहट नियन्त्रणमा केन्द्रीत हुन पनि सुरक्षा निकायलाई निर्देशन दिए । त्यस्तै गृहमन्त्री लेखकले दुर्घटना न्यूनिकरणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।

सुरक्षा गोष्ठीमा गृहसचिव गोकर्णमणि दुवाडी, शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुँवर, सुदूरपश्चिमका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलगायत सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।  
 

प्रतिक्रिया