काठमाडौँ । अस्ट्रेलियामा अपार्टमेन्टको सातौँ तलाबाट खसेर एक नेपाली नर्सको मृत्यु भएको छ । ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको भएको समाचारमा उल्लेख छ ।
दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार राति १ः४५ तिरको भएको बताइएको छ । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
दीक्षाले केही अघिमात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् । प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ ।
प्रतिक्रिया