बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला, खाल घर भएका २६ वर्षीय टेकेन्द्र धामी भारतमा मृत फेला परेका छन् । रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका उनी भारतको बाटो हुँदै घर फर्कने क्रममा मुरादावादमा मृत फेला परेका मृतकका काका शेरबहादुर धामीले बताए ।
धामीमा मानसिक समस्या देखिएको थियो । उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो । कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाडौँको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए ।
भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन् । मृतक धामीको घरमा श्रीमती र एक छोरी छन् ।
प्रतिक्रिया