डोटी । सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि डोटीको केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । सोमबार बेलुका ८ बजेदेखि अवरुद्ध सडक साढे १२ बजेदेखि सुचारु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्दिप शाहले पीडीत पक्षलाई क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग सुचारु भएको जानकारी दिए ।
गत शनिबार सु.प.प्र. ०३ ००१ प ०६६८ नम्बरको मोटरसाइकललाई जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दीपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो ।
मृतकका आफन्तले क्षतिपूर्तिको मांग गर्दै केआईसिंह राजमार्गको शिखर नगरपालिका वडा –६ सिर्खोली खण्ड अवरुद्ध गरेका थिए । प्रहरीले जीप चालक भरतबहादुर सिंहलाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया