ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा भोलिदेखि प्रधानमन्त्री कप महिला क्रिकेट, तयारी पूरा

सोमबार २९, पुष २०८१ ०८:२०

धनगढी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ क्यानले धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना गर्ने प्रतियोगिता भोलिदेखिसुरु हुँदै छ । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुने सहआयोजक सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेश जोशीले जानकारी दिए । 

उनका अनुसार प्रतियोगिताको तयारी पूरा भएको छ । ‘मैदानमा पिच निर्माण लगायतका तयारी पूरा भएका छन्,’ उनले भने, ‘भोलिदेखि खेलाडीहरु पनि धनगढी पुग्ने क्रम सुरु हुन्छ । खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।’ उनका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् । ‘प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन्,’ अध्यक्ष जोशीले भने, ‘उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ । पहिलो दिनको दोस्रो खेल कर्णाली प्रदेश र एपीएफ क्लबबिच खेलिने छ ।’ 

प्रतिक्रिया