काठमाडौँ । निर्माण व्यवसायीहरूले यही माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका छन् । निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले लामो समयदेखि निर्माण व्यवसायीले सरकारसँग विभिन्न माग राख्दै आएकोमा सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको बताए ।
उनका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने तयारी छ । १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको छ ।
निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि भुक्तानी नभएको, राष्ट्र बैङ्कले दिएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सङ्कटमा परेको उनको भनाइ छ ।
प्रतिक्रिया