ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली-कञ्चनपुरमा चार लाख बढीको अवैध सामान बरामद

बिहिबार ०३, माघ २०८१ १०:३१

धनगढी । कैलालीकञ्चनपुरमा प्रहरीले चार लाख बढीको अवैध सामान बरामद गरेको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट ४ लाख ४० हजार ५७० मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो । 

धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिक, गोदावरी नगरपालिका-४ वनदेवि मन्दिर नजिक र टीकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी २ लाख ८८ हजार ८७० मूल्यको बिडी, साडी, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।      

त्यस्तै, भीमदत्त नगरपालिका-११ भुजेलामा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ५१ हजार ७ सय मूल्यको थान कपडा, साडी, हार्डवेयर, साइकल लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया