प्यूठान । फोहोर संकलन गर्न राखिएको डस्टबिनभित्र नवजात शिशुको शव फेला परेको छ । सरुमारानी गाउँपालिका-२ दर्भानमा बिहीबार बिहान सालनालसमेत नकाटिएको बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।
प्रतिक्रिया