धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीले कार्यतालिका बनाएर काम गर्ने मुख्यमन्त्री आवश्यक रहेको बताएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै स्वतन्त्र सांसद जोशीले यस्तो बताएका हुन् ।
‘शिशिर योगीको एउटा गीत छ, म एउटा मान्छे खोजिरहेछु भन्ने,’ उनले भने, ‘म पनि एउटा मान्छे खोज्न याँ आएको छु । मैले धेरै मान्छेको भीडमा पनि खोज्नुपर्या छैन । म यस्तो एउटा मुख्यमन्त्री खोजिरहेको छु, जो यो रोस्टममा आएर उभियोस् र भनोस् म एक वर्षमा यो काम गरेर यति युवाहरुलाई यो ठाउँमा पुगाउन सक्छुु ।’
उनले मुख्यमन्त्रीले कार्यतालिका बनाएर जानुपर्ने कुरामा जोड दिँदै आम नागरिकका असन्तुष्टिलाई कार्यतालिकाबिना सम्बोधन गर्न नसकिने बताए । जोशीले लामो समयपछि बैठक बसेकोले आफूलाई भर्खर चुनाव जितेर आएको जस्तो अनुभूति भएको भन्दै कटाक्षसमेत गरे ।
प्रतिक्रिया