काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार हलचोकमा आयोजित २४औँ सशस्त्र प्रहरी दिवसमा सहभागी भएनन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार चिसोका कारण घाँटीमा समस्या आएर उनको स्वर भासिएको छ ।
सोही कारण उनी सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा सहभागी हुन नसकेका बताइएको छ । प्रधानमन्त्री ओलीले बुधबारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन् । उनी बालुवाटारमै आराम गरिरहेका बताइएको छ ।
प्रतिक्रिया