धनगढी । धनगढी उपमहानगरपालिका–२, मिलनचोकमा रहेको लिटल फ्लावर बोर्डिङ हाइ स्कूलका शिक्षक, विद्यार्थी र अभिभावकलाई नवजीवन अस्पताल धनगढीले उपचारमा सहुलियत दिने भएको छ ।
विद्यालयका प्रधानाध्यापक विवेक भट्ट र नवजीवन अस्पतालका मेडिकल निर्देशक डा. विदुरमणि ढकाल तथा सिइओ चक्र खडायतबीच उपचारमा सहुलियत दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
स्कूलमा अध्धयनरत विद्यार्थी, शिक्षकशिक्षिका, कर्मचारी तथा अभिभावकको स्वास्थ्य उपचारमा सहज होस् भनेर नवजीवन अस्पतालसँग सम्झौता गरिएको प्रधानाध्यापक भट्टले बताए ।
सम्झौताअनुसार लिटल फ्लावरमा अध्ययनरत अध्ययनरत विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारीलाई विद्यालयको परिचयपत्र र अभिभावकलाई विद्यालयको सिफारिस पत्रको आधारमा नवजीवन अस्पतालले उपचारमा १० देखि ५० प्रतिशतसम्म छुट दिइने छ ।
गुणस्तरीय शिक्षासँगै सामाजिक उत्तरदायित्व वहन गर्दै उपचारमा सहुलियत दिन अस्पतालसँग सम्झौता गरिएको प्रधानाध्यापक भट्टले बताए ।
प्रतिक्रिया