ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा खैरो हेरोइनसहित ९ युवायुवती पक्राउ

बिहिबार १०, माघ २०८१ ११:१३

धनगढी । कैलालीमा लागुऔषधसहित ९ जना युवायुवती पक्राउ परेका छन् । बुधबार बेलुका धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट सोही ठाउँ बस्ने २४ वर्षीय पुरन सिंह ठकुरी, ३१ वर्षकी अनु सुनुवार, कञ्चनपुरको पुनर्वास नगरपालिका-८ बस्ने २४ वर्षीय सन्दिप खड्का र डोटीको जोरायल गाउँपालिका-४ बस्ने २० वर्षकी इन्द्रा बुढामगर लागुऔषधसहित पक्राउ परेका हुन् । 

उनीहरुलाई ३७० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताएको छ । 

यसैगरी, टीकापुर नगरपालिका-९ खक्रौलाबाट टीकापुर-५ बसन्ता बस्ने २७ वर्षीय कमल रावललाई ७६० मिलिग्राम खैरो हेरोइन जस्तो धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

हिजो नै राति २२:३० बजेको समयमा धनगढी-२ बर्गर हाउस नजिकबाट गौरीगंगा नगरपालिका-११ बस्ने २१ वर्षीय निरञ्जन चौधरीसमेत चार जनालाई १ ग्राम ३७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट संयुक्त रुपमा खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया