धनगढी । जिल्ला समन्वय समिति डोटीको क्वाटरमा एक जना मृत फेला परेका छन् । जिल्लाको सायल गाउँपालिका-५ दैना बस्ने ४० वर्षका बहादुर खड्का मृत फेला परेका हुन् ।
डोटी प्रहरीका अनुसार खड्का शनिबार जिल्ला अस्पतालमा अन्दाजी १५ वर्षीया छोरीको उपचार गर्न गएका थिए । उपचारपछि आफन्त पर्ने दीपायल सिलगढी नगरपालिका-६ सिलगढीस्थित जिल्ला समन्वय समिति डोटीका सवारी चालक छत्र खड्काको क्वाटरमा बास बसेका थिए ।
छत्रले मृतक खड्काले मापसे गरेर धारिलो हतियार (खुडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको भन्दै आइतबार बिहान प्रहरीलाई खबर गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रतिक्रिया