ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सात बुँदे कार्यान्वयनमा काँग्रेस दृढ छ : देउवा

शुक्रबार १८, माघ २०८१ ०४:०६

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा विधिको शासन हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले हरेक कामकारबाही कानुनबाट निर्देशित हुनुपर्नेमा जोड दिए ।

संविधानको कार्यान्वयनको लागि होस् वा अन्य काम गर्नका लागि आवश्यक कानुन सदनले नै बनाउने उनले स्पष्ट पारे । देउवाले संसद्मा विचाराधीन सबै विधेयक यो अधिवेशनबाट पारित विश्वास व्यक्त गरे । 

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी ९एमाले० बीच सात बुँदे सहमति भएर सरकार गठन भएको स्मरण गर्दै उनले भने, ‘हामी दुवै दलका साथै अन्य राजनीतिक दलहरूको पनि सरकारमा सहभागिता र समर्थन रहेको छ । नेपाली कांग्रेस र ९एमाले० बिचको सात बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ र अन्य सहयोगी राजनीतिक दलहरूको पनि निरन्तर सहयोग रहने छ भन्ने मैले विश्वास गरेको छु ।’
 

प्रतिक्रिया