काठमाडौँ । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतका नौ र घानाका तीन जना नागरिकको पनि मृत्यु भएको छ ।
साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गएको सोमबार कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको मृत्यु भएको हो । जेद्दामा रहेको नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको छ ।
दुर्घटनामा ११ जना घाइते भएकोमा एक नेपाली इलामका सुकबहादुर लिम्बु रहेका छन् । उनको अवस्था गम्भीर रहेको छ । लिम्बुको जिजानको बाइस अस्पतालमा उपचार भइरहेको छ ।
अरेबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा गर्ने कामदार दुर्घटनामा परेका हुन् ।
प्रतिक्रिया