एजेन्सी । अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको र १९ जना घाइते भएका बीबीसीले जनाएको छ ।
मृत्यु हुनेमध्ये सात जना विमानमा रहेका र एक जना विमान खसेको भुइँमा रहेका व्यक्ति हुन् । बिरामी बोकेको विमानमा दुई जना पाइलट, एक जना डाक्टरसहित बिरामी र बिरामीका आफन्त थिए ।
मेक्सिकोको तिजुआनाका लागि उडान भरेको एक मिनेटमै विमान जमिनमा खसेको हो । थुप्रै घरहरुमा ठोक्किँदै जहाज भुइँमा खसेको भिडियो सार्वजनिक भएको छ ।
प्रतिक्रिया