ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारले बैतडी बस घटनाका मृतक परिवारलाई १/१ लाख दिने, घाइतेको उपचार गर्ने

शुक्रबार २३, माघ २०८२ ०२:५६

धनगढी । सुदूरपश्चिम सरकारले बैतडी बस घटनाका मृतक परिवारलाई १/१ लाख दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै बैठकले बस दुर्घटनामा परी घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधि भरीको ‍औषधि उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ गइरहेको बस दुर्घटनाका बिहीबार राति पुर्चौंडी नगरपालिका–७ बडगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ३४ जना घाइते भएका छन् । २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनालो धनगढीको निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रदेश सरकारले दुर्घटनामा परी घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौंसम्म लग्न आवश्यक भए हेलिकप्टर व्यवस्था गरेको जनाएको छ । 

प्रतिक्रिया